मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
अर्थ/वाणिज्य

आज फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । बिहिबार रु ६०० घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यसअघि छापावाल सुन ७० हजार ७ सय तथा तेजावी सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै