मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • हनिमुनकै दिन शाहरुख खानले पत्नि गौरीलाई दिएका रहेछन् ठुलो धोका !
मनोरञ्जन

हनिमुनकै दिन शाहरुख खानले पत्नि गौरीलाई दिएका रहेछन् ठुलो धोका !

एजेन्सी । बलिउडका किंग शाहरुख खानले पत्नी गौरी खानसँगको वैवाहिक सम्बन्धका बारेमा केही आश्चर्यजनक स्वीकारोक्ति गरेका छन् । उनले पत्नी गौरीलाई हनिमुनका लागि पेरिस लैजाने बाचा गरेर लान नसकेको खुलासा पनि गरेका छन् ।

टाइम्स अफ इन्डियाको समाचार अनुसार जतिबेला उनले गौरीसँग विवाह गरेका थिए, त्यसबेला उनको कमाई एकदमै कम थियो । शाहरुखले गौरीलाई हनिमुनका लागि आइफल टावर देखाउन पेरिस लाने बाचा गरेका थिए । तर त्यहासम्म जानका लागि उनीसँग पर्याप्त पैसा थिएन ।

त्यसपछि शाहरुखले आफ्नो अवस्था बताएर गौरीलाई सम्झाए । विवाहको २० दिनपछि हनिमुन मनाउन उनले गौरीलाई दार्जिलिङ लिएर गए, जहाँ उनी अभिनित सिनेमा ‘राजु बन गया जेन्टलमेन’ को गीतको सुटिङ थियो । गौरी पनि त्यसबेलासम्म विदेश गएकी थिइनन् र दुनियाँका बारे धेरै जान्दिनथिन् । त्यसैले शाहरुखले उनलाई दार्जिलिङ लिएर गए ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै