बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा
समाचार

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, १ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पुर्याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उहाँले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै उहाँले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताउनुभयो ।

ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उहाँले आरोप लगाउनुभयो । दसैँपछि देशभर सङ्गठन सुदृढीकरणका साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणलगायत विषयमा भएका भ्रष्टाचार विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार