शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
अर्थ/वाणिज्य

बुधबार यस्तो छ सुनको भाउ

काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य हिजोकै भाउमा कारोबार भइरहेको छ । सोमबार एकैदिन ११ सय रुपैयाँ बाढेको सुनको भाउ मंगलबार र बुधबार भने स्थिर रहेको छ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

चर्चामा

सम्बन्धित समाचार