सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • कञ्चनपुरमा बसले ठक्कर दिँदा २६ वर्षीय रञ्जितको घटनास्थलमै मृत्यु
समाचार

कञ्चनपुरमा बसले ठक्कर दिँदा २६ वर्षीय रञ्जितको घटनास्थलमै मृत्यु

कञ्चनपुर, १ असोजः कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस र से७प ५३२६ नं को मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् ।

कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ । मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै