सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु
समाज

सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु

विराटनगर, ३१ भदौः मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ ।

कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम विपरीत सवारीसाधन चलाउने चालकलाई कारवाही गर्ने क्रममा उनीहरुबाट रु ५३ लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । घटनाको प्रकृति हेरेर चालकबाट रु पाँच सयदेखि रु एक हजार ५०० सम्म जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै