बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
समाचार

राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता

दाङ, ३१ भदौ । राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् ।

हिजो साँझ करीब ७ः३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै