शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु
समाज

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

जलेश्वर, ३० भदौः महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवै जना सोही वडामा रहेका खोलामा माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले पुरिएको थियो ।

घटना घटेलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी टोलीले माटोको ढिस्कोमा पुरिएका बलको उद्धार गर्न सफल भए पनि बालक बम्जनको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी वडाध्यक्ष दीपबहादुर कार्कीले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै