बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • फेरी काठमाडौं आएर कमला घिमिरेले “मेरी बास्सै”मा दोहोरी खेलिन् !
मनोरञ्जन

फेरी काठमाडौं आएर कमला घिमिरेले “मेरी बास्सै”मा दोहोरी खेलिन् !

धादिंगको सांकोषमा भएको एक तीज कार्यक्रममा ११ बर्षे कमलाले रहर गर्दै आफ्नै गाउंका दाई अमृत सापकोटासंग म पनि दोहोरी गाउंछु भन्दै गलबन्दी भाकामा रमाईला टुक्काहरु प्रयोग गर्दै दोहोरी भिडिन् । उक्त भिडियोलाई मोबाईलले खिचेर अमृतले आफ्नो युटुब च्यानलमा राखे । पछि फेसबुकमा कमलाको उक्त भिडियो यसरी भाईरल भयो कि अमृतले पनि सोचेका थिएनन् त्यसो होला भनेर ।

अहिलेसम्म यो सानो उमेरमा यस्तो कला बोकेकी नानीलाई नदेखेका सारा नेपालीले उनको कलाको सम्मान गर्दै भिडियोलाई सक्दो शेयर गरे । पछि उनको घरसम्मै बिभिन्न युटुब च्यानलका साथीहरु पुगे । भाईरल भईसकेकी कमलालाई अझै चर्चामा ल्यायन ती भिडियोहरुमा उनले गाएको अरु थप दोहोरीका भाकाहरुले सहयोग पुर्यायो ।

६ कक्षामा पढ्दै गरेकी कमलाको घर धादिंगबेशीबाट २० मिनेटको गाडीमा यात्रा गरेपछि पुगिन्छ । हामी पनि उनको घर खोज्दै त्यहां पुग्यौं । उनको घरमा आमा, बुवा र सानो भाई रहेछन् । उनको दाई भने सानै उमेरमा पढाई छोडेर गाडी लाईनमा हिड्न थाले । आमालाई जेठो छोराको चिन्ता सधैं भैरहन्छ, उनले हामी संगको कुराकानीमा बताईन् ।

यसैबिच इन्द्रेणीमा पुगेर झनै चर्चा कमाएकी कमलाले मेरी बास्सैमा पनि अभिनय गरेकी छिन् । मेरी बास्सैमा उनले फेरी कडा दोहोरी गाईन् । यसैबिच कमलालाई प्रयोग गरेर पैसा कमाएको आरोप लागेको छ । भिडियो हेर्नुस…

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै