बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते
समाचार

पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते

रामपुर, २७ भदौः पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । सो दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् । पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार