बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • नेपाली कलाकारबाट कोलकातामा चर्या नृत्य प्रस्तुत
समाचार

नेपाली कलाकारबाट कोलकातामा चर्या नृत्य प्रस्तुत

काठमाडौँ, २७ भदौः दिलीप थापा डान्स एकेडेमी कोलकाताले नेपाली कलाकारको सहभागितामा कोलकाता शरत सदन हाउडामा सुपर ट्यालेन्ट २०१९ सम्पन्न गरेको छ । नेपाली कलाकार नरेन्द्र कोइराला, नारायण रिजाल, रेणुका रिजाल, युनिशा रिजाल, रोशन बुढाथोकीले चर्या नृत्य तथा अन्य आधुनिक नृत्य प्रस्तुत गरे ।

सो अवसरमा एकेडेमीका कोरियोग्राफर तथा प्रशिक्षक दिलीप थापा र उहाँद्वारा दीक्षित ११५ विद्यार्थीले पनि नेपाली झण्डा बोकी नेपाली, राजस्थानी, पञ्जाबी भाङ्गरा, भरत नाट्यम, मातृनृत्य र अन्य नृत्य प्रस्तुत गरे । कलाकारहरुलाई एपिजे कलाम फाउण्डेशन र भारतीय सङ्गीत एकेडेमीले पदक र प्रमाणपत्र दिएर सम्मान गरे ।

सो अवसरमा नारायण स्कूलका प्रिन्सिपल सुमित्रा चक्रवत्र्तीले नेपाल र भारतका नृत्य निकै राम्रो रहेको र यसले दुवै देशबीच सांस्कृतिक सम्बन्ध वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा डान्स एकेडेमीेले नारी कल्याण समितिद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्य सामग्री र लौरो पनि प्रदान गरेको थियो । डान्स एकेडेमीले तेह्र वर्षदेखि नेपाल भारत नृत्य आयोजना गरी दुई देश र जनताबीच सम्बन्ध विस्तारमा योगदान गरिरहेको कोरियोग्राफर थापाले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार