शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • तीन दिनदेखि सुत्केरी बेथाले छटपटाएकी तुल्सीलाई हेलिकप्टरबाट उद्धार
स्वास्थ्य

तीन दिनदेखि सुत्केरी बेथाले छटपटाएकी तुल्सीलाई हेलिकप्टरबाट उद्धार

जाजरकोट , २७ भदौ । तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै