शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई
राजनीति

विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

नेपालगञ्ज, २७ भदौ : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”

उहाँले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौँ भन्दै बाँके जिल्लाको विकासमा आप्mनो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताउनुभयो । उहाँले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोल्नुभएको थियो । एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै