शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बसभित्रै जबरजस्ती किशोरीमाथि दुरव्यबहार प्रयास गर्ने चालक र सहचालक पक्राउ
समाज

बसभित्रै जबरजस्ती किशोरीमाथि दुरव्यबहार प्रयास गर्ने चालक र सहचालक पक्राउ

मोरङ । बसभित्रै किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक उर्लाबारी नगरपालिका– ४ घर भएका १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । धनकुटा स्थायी घर भएकी र अहिले आफन्तको घरमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई ६ ख ९३४४ नम्बरको बसका चालक सहचालकले बलात्कार प्रयास गरेका थिए ।

प्रहरीले जनाए अनुसार वेतना सिमसारबाट दमक हिँडेकी बालिका दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई फकाएर बसमै राखेर पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका–९ को दोहमना हाटचौक लगेर बलात्कारको प्रयास गरेका थिए ।

बसका चालक खड्काले बसको पछाडीको सीटमा बलात्कार प्रयास गरेपछि किशोरी बाहिर भागेकी र सहचालक न्यौपानेले पुनः बसभित्र लगेर बलत्कार प्रयास गर्दा किशोरी चिच्याउदा आवाज सुनेर स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै