आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु
समाज

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुमपश्चिम, २६ भदौः मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । -रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै