बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • धादिङ गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्गमा भयो जाम, गाडी पास गर्नै मुस्किल
समाचार

धादिङ गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्गमा भयो जाम, गाडी पास गर्नै मुस्किल

धादिङ, २५ भदौ । धादिङको गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्ग अन्तर्गत गुड्ने सवारी साधनहरु लामो जाममा फसेका छन् । गल्छी गाउँपालिका– ७ मा लेदो माटो खसेपछि बिहान ४ बजेदेखि नै यो सडकखण्डमा एकतर्फी मात्रै गाडी चलेका कारण कैयौँ सर्वसाधारणहरु समयमा गन्तब्यमा पुग्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार स्थानीयले खेतमा लगाएको पानी पोहोर पहिरो गएको ठाउँमा खसेपछि बाटो अवरुद्ध बनेको हो । अहिले बाटोमा खसेको माटो हटाउने काम भैरहेको र केही समयमा जाम खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार