शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • काबुलमा मारिएकाको शव नेपाल ल्याई अन्त्येष्टि
राष्ट्र

काबुलमा मारिएकाको शव नेपाल ल्याई अन्त्येष्टि

चितवन, २४ भदौः अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ ।

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाउनु भएको थियो । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै