बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • ३२ वर्षीय युवकले ८१ वर्षको वृद्धको भेषमा अमेरिका जान लाग्दा विमानस्थलबाटै यसरि समातिय
समाचार

३२ वर्षीय युवकले ८१ वर्षको वृद्धको भेषमा अमेरिका जान लाग्दा विमानस्थलबाटै यसरि समातिय

एजेन्सी । आफ्नो भेष रुप बदलेर अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयस पटेल रहेका छन् । उनि आफु जम्मा ३२ वर्षीय युवक रहेका थिए । भारतको अहमदावाद निवासी जयस पटेल ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लाग्दा पक्राउ परेका हुन् । पुरै भेष फरक र दारी–जुंगा बनाएर ह्विल चियरमा बसेर अमेरिका जान लागेका पटेल दिल्लीस्थित विमानस्थलबाट पक्राउपरेका हुन् ।

जयसले अरुको नामको राहदानी देखाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेपछी उनलाई प्रहरीले पक्राउगरेको हो । उनको वृद्धको जस्तै भेष भएपनि छाला चाउरी नपरेको देखेपछि विमानस्थलका सुरक्षाकर्मीलाई शंकाको घेरामा परेका थिए । तर उनि आफ्नो पुरै हुलिया फेरेर अमेरिका जान लागेका हुनकी होइनन् भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै