शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य
अर्थ/वाणिज्य

आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । पछिल्लो समय लगातार बढेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने ७ सय रुपैयाँ घटेर छापावाला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै