शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • यमबुद्ध सम्झेर रुदारुदै आँसु नै रित्तियो, उनैलाई सम्झेर गाए मनै छुने यस्तो गित…
मनोरञ्जन

यमबुद्ध सम्झेर रुदारुदै आँसु नै रित्तियो, उनैलाई सम्झेर गाए मनै छुने यस्तो गित…

झापा । झापाका नब गायक अथवा र्यापर अबिशेक लिम्बू यम बुद्धको निधन भएको बेला रुदारुदै आँसु नै रित्तिएको बताउछन । यमबुद्धको गितमा शब्द नै पिच्छे प्रभावित भएका उनी यम बुद्धको गित सधै सुन्ने गर्थे र यमबुद्धले संसार छोडेको सुन्दा उनी छागाबाट खसेका र बिश्वास नै नगरेका थिए । आफुले मन पराएको गायक गुमाउदाको पिडामा उनी तिनदिन सम्म खाना नखाइ रुदै बसेको बताउछन ।

तिनै यमबुद्धले बिच बाटोमा सन्सार छाडेपछी आफुले गित गाउन सुरु गरेको बताउने अबिशेकले आफ्नो उपनाम भ्याक्सो राखेका छन । सुपर अनलाइन टिभीका समीर सुबेदी सङको कुराकानिमा उनी बोल्दाबोल्दै भक्कानिए र यमबुद्धका लागी मनै छुने गित गाएर सुनाए । भ्याक्सोको ठूलो सपना छ नेपालमा र्यापको दुनियाँमा केही गर्ने अनि यमबुद्धको सपना पूरा गर्ने । भ्याक्सोले र्याप गाउन थालेको धेरै भएको छैन तर उनको कलालाई मान्नै पर्छ ।

जसको पनि गित उत्तिकै गाउन सक्ने अनि आफुले नै रचना गरेर पनि मज्जाले गाउन सक्ने कला रहेको छ उनमा । साथै उनले धेरै गित आफैले रचना गरेका छन । अब चाडै बजारमा ल्याउने पनि तयारी रहेको बताउँछन् उनी । उनले आफुले तयार पारेका विभिन्न गित गाएर पनि सुनाए कस्ता छन त यमबुद्धको सपना साकार पार्न कम्मर कसेर लागेका युवा हेर्नुहोस तलको भिडियोमा…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै