बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्नेः गच्छदार
राजनीति

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्नेः गच्छदार

विराटनगर, २४ भदौःनेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि हो भन्नुभयो ।

उहाँले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार