बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • महोत्तरीको वनमा नीलगाई मृत फेला
समाचार

महोत्तरीको वनमा नीलगाई मृत फेला

जलेश्वर, २४ भदौ : महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार