शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रवि लामिछानेका सर्मथकलाई दुखद खबर
विविध

रवि लामिछानेका सर्मथकलाई दुखद खबर

काठमाडौँ । माउन्टेल टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दिइएको रहस्य खुलेको छ । यता आरोपित रवि लामिछाने र युवराज कंडेलले यसअघि उच्च अदालत पाटन हेटौँडा ईजलासमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गरिपाउँ भनि निवेदन दिए लगत्तै लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दिइएको बुझिएको छ ।

अभियुक्त लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको गत भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटन, हेटौँडा ईजलासमा निवेदन परेको स्रोतको दाबी छ ।

आरोपित लामिछाने र युवराज कंडेलले यसअघि उच्च अदालत पाटन हेटौँडा ईजलासमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गरिपाउँ भनि दिएको निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन उच्च अदालत हेटौँडाले प्राप्त गरिसकेको छ । र आज उक्त निवेदन उपर सुनुवाई हुने संभावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै