मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • चर्चित गायिका देवी घर्ती र गोबिन्द पौडेलले आवाज दिएको ‘स्याउको बोटैमा’ चर्चाको शिखरमा
मनोरञ्जन

चर्चित गायिका देवी घर्ती र गोबिन्द पौडेलले आवाज दिएको ‘स्याउको बोटैमा’ चर्चाको शिखरमा

काठमाडौं । नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय प्रबास बाटनै आफ्नो संगीत यात्रालाई निरन्तर अगाडी बढाउदै आएका प्रतिभासाली गायक गोबिन्द पौडेल र सोनु क्षेत्रीको उत्कृष्ट लोकदोहोरी गीत ‘स्याउको बोटैमा’ बजारमा आएको छ । गीतमा नेपाली लोक संगीताकी चर्चित गायिका देवी घर्ति मगरले गायक गोबिन्द पौडेललाइ साथ् दिएकी छिन भने लय सिता डाँगी सोनुको रहेको छ ।

गोबिन्द पौडेलकै शब्द रहेको गीत चर्चामा छ । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सोनु छेत्रीको अभिनय रहेको छ भने गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।शुभारम्भ डिजिटल मार्फत बजारमा आएको उक्त गीतले नेपाली लोक संगीतमा फेरी तहल्का पिट्ने पक्का देखिन्छ । दिपक बिष्टको सम्पादन रहेको भिडियो कस्तो बन्यो हेरौ:

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै