शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • काठमाडौंका यी पाँच रुटमा बिजुली बस गुड्ने, अगाडीको सिट भन्दा पछाडीको राम्रो, भाडा ६ रुपैया सस्तो !
समाचार

काठमाडौंका यी पाँच रुटमा बिजुली बस गुड्ने, अगाडीको सिट भन्दा पछाडीको राम्रो, भाडा ६ रुपैया सस्तो !

काठमाडौं । काठमाडौंमा आजदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ ।

बिजुली बसनिजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने छन् । यो बसमा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । पछाडिको सिट सिनेमा हलको बाल्कोनी जस्तै हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै