सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट
समाचार

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट

काठमाडौँ, २३ भदौः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै