मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • शिशिर भण्डारी आभिनित चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक
मनोरञ्जन

शिशिर भण्डारी आभिनित चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म कालेदाइको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, एक्सन र रोमान्स देख्न सकिन्छ । फिल्मले सैनिकको कथा उठाएको छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म शिव शर्माले निर्देशन गरेका हुन् । यसको निर्मातामा शम्शेर गुरुङ र ईन्द्र रामजाली रहेका छन् ।

फिल्ममा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । पवन गौतमको छायाँकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्म । बिजयादशमीको अवसर पारेर १७ असोजबाट प्रदर्शनमा आउन लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै