बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • बुद्ध लामाको उपचारका लागि पोर्चुगलबाट आयो आर्थिक सहयोग
स्वास्थ्य

बुद्ध लामाको उपचारका लागि पोर्चुगलबाट आयो आर्थिक सहयोग

लिस्बन, २३ भदौः उदयपुर कटारीका १४ वर्षीय बुद्ध लामालाई उपचारका लागि पोर्चुगलबाट एक लाख एक हजार ४४१ रुपैयाँ सहयोग रकम पठाइएको छ ।

तामाङ समाज पोर्चुगलका सहकोषाध्यक्ष विपीन तामाङको संयोजकत्वमा गठित ‘बुद्ध लामा बचाऔँ अभियान’ बाट संकलित सो रकम लामाकी फूपू सविना मोक्तानलाई सहयोगस्वरुप पठाइएको हो ।

सहकोषाध्यक्ष तामाङले हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ठूलो आन्द्राको समस्याबाट उपचाररत लामाको आर्थिक स्थिति निकै नाजुक भएकाले सानो सहयोगले उनको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार