बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • हङकङमा सुनको मूल्य घट्दा नेपालमा भने बढ्यो
अर्थ/वाणिज्य

हङकङमा सुनको मूल्य घट्दा नेपालमा भने बढ्यो

काठमाडौं । आज फेरी सुनको मूल्य तोलामा दुई सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार दुई सयले बढेको हो । आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । एक महिनादेखि सुनको भाउ कहिले बढ्ने र कहिले घट्ने भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार