सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • साराले किन लत्याइन् प्रेमीले अभिनय गर्ने फिल्म ‘भुलभुलैया २’ को प्रस्ताव
मनोरञ्जन

साराले किन लत्याइन् प्रेमीले अभिनय गर्ने फिल्म ‘भुलभुलैया २’ को प्रस्ताव

काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म केदारनाथबाट सारा अली खानले बलिउडमा डेब्यु गरिन्,त्यसपछि उनको चर्चा बलिउडमा रातारात चुलियो । पछिल्लो समय उनी कार्तिकसँगको प्रेमका कारण चर्चामा छन् । तर उनै सारा प्रमीसँग फिल्म खेल्न मानेकी छैनन् । कार्तिक छिटै ‘भुलभुलैया २’ मा देखिँदै छन् ।

सोही फिल्ममा उनलाई अफर गरिएपनि व्यस्तताको कारण देखाउदै फिल्म खेल्न अस्विकार गरेको बताइएको छ । साराअघि श्रद्धा कपुरलाई फिल्मका लागि प्रस्ताव गरिएको थियो । तर, उनले पनि व्यस्तताका कारण अस्वीकार गरिन् ।

फिल्मलाई अनिस बज्मीले निर्देशन गर्दै छन् । यो फिल्मलाई आगामी वर्ष जुलाई ३१ सम्म रिलिज गर्ने लक्ष्य राखिएको छ । कार्तिकले आफ्नो आधिकारिक एकाउन्टबाट ‘भुलभुलैया २’ को फस्र्ट लुक सेयर गरेका छन् । अब फिल्ममा कुन नायिका आउने हुन उक्त कुराको फाइनल भने भइसकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै