बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सर्पले डस्दा महिलाको गयो ज्यान
समाज

सर्पले डस्दा महिलाको गयो ज्यान

राजविराज, २३ भदौः सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।

घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार