सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • पूर्वमन्त्री हिसिला यमी सवार स्कुटर दुर्घटना, घाइते यमीको बि एण्ड बी अस्पतालमा उपचार हुँदै
स्वास्थ्य

पूर्वमन्त्री हिसिला यमी सवार स्कुटर दुर्घटना, घाइते यमीको बि एण्ड बी अस्पतालमा उपचार हुँदै

काठमाडौं । पूर्वमन्त्री हिसिला यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी छिन् । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमीलाई आइतबार बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

स्वकीय सचिव पोखरेलका अनुसार यमीको अहिले राजधानीकै बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ । उनलाई २४ घण्टासम्म चिकित्सकको निगरानीमा नै राखेर उपचार गरिने र त्यसपछि मात्रै डिस्चार्जको विषयमा सोच्न सकिने बिएण्बि अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै