आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • ‘खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सरबाट बच्न सकिन्छ’
स्वास्थ्य

‘खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सरबाट बच्न सकिन्छ’

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । श्रमजीवी महिला तथा बालकल्याण परिषद्को २५औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित ‘महिला क्यान्सर रोगसम्बन्धी प्रशिक्षण कार्यक्रम’मा उहाँले २०६३ जेठ १६ गते तत्कालीन संसद्बाट चार विधेयक पास गरिएको बताउनुभयो । सरकारले आगामी जेठ १६ गतेलाई ‘महिला अधिकार दिवस’को रुपमा मनाउने मन्त्री थापाले बताउनुभयो । सरकारले महिला हिंसा न्यूनीकरणका लागि यसवर्षलाई महिला अभियान वर्षको रुपमा मनाउने उहाँले बताउनुभयो ।

कार्यक्रमममा परिषद्का केन्द्रीय अध्यक्ष रञ्जु नापितले भ्याली हेल्थ तथा रिसर्च सेन्टरले भिडियो एक्सरे, एक्स–रे, ल्याब, इसिजीलगायत सेवा प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बीना बाँस्तोला, वरिष्ठ क्यान्सर तथा छातिरोग विशेषज्ञ डा मदनकुमार पियालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै