सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • कर्णाली राजमार्ग अझैँ खुल्न सकेन
समाज

कर्णाली राजमार्ग अझैँ खुल्न सकेन

मान्म, २२ भदौः शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन ।

शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन दुई वटा डोजरले काम गरिरहेकाले आज रातिसम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रुु बाटोमा नै अलपत्र परेका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार