बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
अर्थ/वाणिज्य

फेरी घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा पाँच सयले घटेको हो ।

शुक्रबार प्रतितोला ७२ हजार रुपैयामा कारोबार भएको सुनको मूल्य आज ५ समय रुपैयाले घटेर प्रतितोला ७१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार