बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • दुई दिनअघि हराएकी छ वर्षीया स्मृति मृत फेला
समाज

दुई दिनअघि हराएकी छ वर्षीया स्मृति मृत फेला

चितवन । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै