बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • ‘यातायात मजदूरले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने’
समाचार

‘यातायात मजदूरले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने’

काठमाडौँ, २२ भदौः यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताउनुभयो ।

“परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,”–उहाँले भन्नुभयो । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेबारी बढ्ने उहाँको भनाई थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोशाक र परिचयपत्रको शुरुवातसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्ने छ भन्नुभयो । काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुवातसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताउनुभयो । मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै