बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी श्रेष्ठको गयो ज्यान
समाज

कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी श्रेष्ठको गयो ज्यान

मध्यपुरथिमि, २१ भदौः अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि चारदोबाटोमा कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी लक्ष्मीभक्त लाखे श्रेष्ठको मृत्यु भएको छ ।

बा ५ ख ७६०२ नम्बरको कन्टेनरले ठक्कर दिँदा मध्यपुरथिमि–४ का ६४ वर्षीय श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । कन्टेनरका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३६ वर्षीय मिङमार शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार