सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • ‘सरकारले कर्णाली क्षेत्रको विकास गर्नुपर्छ’
समाचार

‘सरकारले कर्णाली क्षेत्रको विकास गर्नुपर्छ’

काठमाडौँ, २१ भदौः नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशको अथाह सम्भावना बोकेको कर्णाली क्षेत्रको राज्यले त्यस क्षेत्रमा विकास गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र आज यहाँ आयोजना गरेको ‘छात्रावृत्ति वितरण कार्यक्रम’मा उहाँले सरकारले कर्णाली प्रदेशमा बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“पर्यटन, जडीबुटी र जलविद्युत्को प्रचुर सम्भावना भएको कर्णालीमा यातायात सुविधा पु¥याएर मुलुकले फाइदा लिनुपर्छ”, उहाँले भन्नुभयो । सरकारले बजेट विनियोजन गर्दा कर्णाली प्रदेशलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । केन्द्रका अध्यक्ष टेकराज शाहीले कर्णाली क्षेत्रको शैक्षिक विकासका केन्द्रले काम गर्दै आएको बताउनुभयो । केन्द्रले यस वर्षमात्र विभिन्न सङ्घसंस्थाको सहयोगमा कालिकोट जिल्लाका २० विद्यार्थीलाई कक्षा ११ र १२ छात्रावृत्तिको व्यवस्था गरेको हो ।

बीस विद्यार्थीमध्ये छ विद्यार्थीलाई पूर्ण छात्रावृत्ति र १४ विद्यार्थीलाई वार्षिक ५० हजार शिक्षण खर्च व्यहोर्ने भएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक वीरेन्द्रदत्त अवस्थीले शिक्षाको अभावबाट कोही विद्यार्थी पनि वञ्चित हुन नपरोस् भनेर वाणिज्य बैंकले सहयोग गरेको बताउनुभयो । उक्त विद्यार्थीलाई डा बाबुराम पोखरेल स्मृति प्रतिष्ठान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, देव विकास बैंकलगायतले सहयोग गरेका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै