सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानले कब्जा गर्‍यो
राष्ट्र

खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानले कब्जा गर्‍यो

तेहरान, २१ भदौः इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका समाचारहरूमा उल्लेख गरिएको छ ।

जहाजमा दुई लाख ८३ हजार ९०० लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानूनी कारबाहीका लागि इरानी न्यायलयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ । इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन् । अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, वेलायत, फ्रान्स, जर्मनी र चीनसहित विश्वका छ प्रमुख शक्तिले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत बर्षको मेदेखि अमान्य घोषणा गरेको थियो ।

सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो । तर अमेरिकाले गत बर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाब सिर्जना भएको छ ।

इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन् । पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिईसकेको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै