मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • अफगानिस्तानमा बाह्र लडाकू मारिए
राष्ट्र

अफगानिस्तानमा बाह्र लडाकू मारिए

मजार ए शारिफ, २१ भदौः अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् । अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो ।

सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताउनु भयो । उहाँले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मी तर्फ कुनै क्षति नभएको दाबी पनि गर्नुभयो । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै