शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • नेपाली सेनाको गाडीको ठक्करबाट कलाकार पुनको निधन
समाज

नेपाली सेनाको गाडीको ठक्करबाट कलाकार पुनको निधन

काठमाडौं । त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेख बहादुर पुन रहेका छन् । बिहीबार साँझत्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको बताइएको छ । ट्रक र ट्रक चालक जीवन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । पुन सांगीतिक क्षेत्रमा आबद्व रहेको पाइएको छ ।

अघिल्लो समाचार

Child killed in leopard attack
Child killed in leopard attack

चर्चामा

सम्बन्धित समाचार

भर्खरै