मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • इस्तानबुलका प्रतिपक्षी नेतालाई १० बर्ष जेल सजाय
राष्ट्र

इस्तानबुलका प्रतिपक्षी नेतालाई १० बर्ष जेल सजाय

इस्तानबुल । टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का इस्तानबुल प्रमुखलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘अपमान’ गरेको अभियोगमा नौ बर्ष आठ महिना जेल सजाय तोकिएको उक्त दलले शुक्रबार जनाएको छ । प्रमुख प्रतिपक्षी दल सिएचपीका इस्तानबुल शाखाका प्रमुखलाई ‘आतङ्ककारी अधिप्रचार’ गरेको लगायत विभिन्न अभियोगमा अदालतले दोषी ठहर गरेको बताइएको छ ।

इस्तानबुलको एकरेम इमामोग्लुलाई निर्वाचित गराउने अभियानमा प्रमुख भूमिका निभाएका काफ्तानसियोग्लुलाई राजनीतिक प्रतिशोधका अमधारमा जेल सजाय भएको सिएचपीले जनाएको छ । काफ्तानसियोग्लुको नेतृत्वमा इस्तानबुलमा एर्दोगानको सत्ताधारी दलले २५ बर्षमा पहिलोपटक इस्तानबुलबाट नराम्रो हार व्यहोरेको थियो । –एएफपी

अघिल्लो समाचार

The Week That Was in Latin America Photo Gallery
The Week That Was in Latin America Photo Gallery

अर्को समाचार

Child killed in leopard attack
Child killed in leopard attack

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै