बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • अपहृत बालिकाको सकुशल उद्धार, अपहरणकारी यसरि परे प्रहरीको फन्दामा
समाज

अपहृत बालिकाको सकुशल उद्धार, अपहरणकारी यसरि परे प्रहरीको फन्दामा

बुटवल, २० भदौः भारतीय नागरिकबाट अपहरणमा परेकी पाँच वर्षीया बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । रुपन्देहीको शिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खानकी ५ वर्षीया छोरी घरको आँगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् । प्रहरीले अपहृत बालिकाको रोहिणी–२ रोहिणी पुल नजिकको जङ्गलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसँगै अपहरणकारी भारत माहराजगञ्ज जिल्ला निच्ललग्राम मिठौराबजार घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका २३ वर्षीय पेन्टर मनिष निगमलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका निगममाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार