शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • प्रधानमन्त्री ओली सिङ्गापुरबाट फर्किए लगत्तै पुगे प्रचण्ड बालुवाटार
स्वास्थ्य

प्रधानमन्त्री ओली सिङ्गापुरबाट फर्किए लगत्तै पुगे प्रचण्ड बालुवाटार

काठमाडौँ, २० भदौः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार जानुभएको हो ।

सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषय छलफल भएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओली गत भदौं ५ गते सिङ्गापुरबाट उपचार गराएर आज स्वदेश फर्कनुभएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै