सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अफगानिस्तानमा तालिबानले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा
राष्ट्र

अफगानिस्तानमा तालिबानले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा

हेरात, २० भदौः पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा बृद्धि भएको अधिकारीहरूले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौं तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् ।

फराहका प्रान्तीय गभर्नरका प्रवक्ता फारुक बराकजईले एएफपीलाई उक्त जानकारीदिनु भएको छ । तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले सो प्रान्तमा ‘ठूलो अपरेसन’ भएको बताएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले भने तालिबानको ठूलो प्रहार भोगिसकेको र छिट्टै हटाइने बताउनु भएको छ ।

गत वर्षको मेमा तालिबानले फारह शहर कब्जा गर्न ठूलो प्रयास गरेको भए तापनि अन्तमा अफगान र अमेरिकी सेनाको संयुक्त प्रयासमा तालिबान लडाकूको हार भएको थियो । तालिबानले हालैका दिनहरूमा वासिंगटनसँग वार्ता गरे पनि अमेरिकी सेनाले विभिन्न सुरक्षा सुनिश्चितताहरूको बदलामा अफगानिस्तानबाट सेना फर्काउने सम्झौता गरेको छ । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै