बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • नेपालमा सर्प पाल्न सुरु, सर्प पालेर यती धेरै कमाइ गर्दै प्रेम बिष्ट (हेर्नुहोस भिडियो)
विचित्र संसार

नेपालमा सर्प पाल्न सुरु, सर्प पालेर यती धेरै कमाइ गर्दै प्रेम बिष्ट (हेर्नुहोस भिडियो)

मोरङ । उर्लाबारी बन कार्यलयका सर्प संरक्षक प्रेम बिष्टले सर्प पालन सुरु गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घरबाट सर्प समातेर ल्याउने गरेका छन । सर्प समात्न सिपालु प्रेम बिष्टले सर्पलाइ असाध्यै माया गरेर पाल्छन । अब भने सर्प पालन नै सुरु गरेका छन । सर्पको टोकाइबाट मान्छेलाई बचाउन चाहिने औसधि सर्पकै बीस र घोडाको रगतबाट तयार गरुने भएकाले अब फारम नै खोल्न तयारी हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

धेरै पहिलादेखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५/६ हजार भन्दा धेरै चाहिँ बिषालु सर्प समातिसकेका छन र बीस बिनाका सर्प त गनेर साध्य नै नभएको बताउछन । उनले कसैको घरमा सर्प आएर कसैलाई क्षती पुर्याउन आट्यो भने गएर समाउछन । र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानबलाइ पनि क्षती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरकारको पनि साथको आवस्यक रहेको बताउछन प्रेम बिष्ट तल भिडियोमा हेर्नुहोला उनले पालेका सर्प देखेर होस उड्नेछ ।

चर्चामा

सम्बन्धित समाचार