शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चर्चित हास्यकलाकार तक्मेबुढाले गरे सुटुक्क विबाह, को हुन् तक्मेकी पत्नि ?
मनोरञ्जन

चर्चित हास्यकलाकार तक्मेबुढाले गरे सुटुक्क विबाह, को हुन् तक्मेकी पत्नि ?

काठमाडौं । चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा)ले लगनगाँठो कसेका छन् । मेरी बास्सैमा तक्मे बुढाको रोलबाट चर्चामा आएका विल्सनले चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियोमा पनि काम गरेर वाहवाही बटुलेका विल्सनले सरिना लामासँग बिहे गरेका हुन् । । उनै बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका विल्सनले सरिना लामासँग बिहे गरेको तस्विर सार्वजनिक गरेका छन् ।

खासमा यो जोडीले सात महिनाअघि बिहे गरे पनि हालै मात्र तस्विर सार्वजनिक गरेका हुन् । आफन्तहरुको उपस्थितीमा मिडियाबाजी नगरी सुटुक्क विबाह गरेका तक्मेले पछिल्लो समय भने कलाकारितामा त्यति राम्रो भूमिकामा अभिनय गर्न पाएका छैनन् । फुर्सदमा सुटुक्क लगनगाँठो कसेका तक्मेले भने अब कसरी मिडिया र कलाकार साथीभाईको सामना गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै