बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • यि बृद्ध हजुरआमा, जसले ८४ लगाउने समयमा जन्मईन् दुई जुम्ल्याहा छोरी
विचित्र संसार

यि बृद्ध हजुरआमा, जसले ८४ लगाउने समयमा जन्मईन् दुई जुम्ल्याहा छोरी

एजेन्सी । मानिसले कति वर्षको उमेरसम्म सन्तानलाई जन्म दिन सक्छ ? ४९ वा ५० वर्षको उमेरमा महिनावारी रोकिने गरेको वैज्ञानिक तथ्य भएता पनि अचेल ५० वर्ष भन्दा माथिका महिलाहरु पनि गर्भवती हुने गरेका कैयन उदाहरणहरु छन् । जसमध्येकी भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ वर्षीया हजुरआमा यरामती मंगायम्माले बुढेसकालमा आफ्ना सन्तानलाई जन्म दिइन् । त्यो पनि जुम्ल्याहा । यरामती मंगायम्माका दुई छोरीलाई अप्रेशन गरेर चिकित्सकले सकुशल बाहिर निकालेका हुन् ।

बच्चाको अवस्था सामान्य रहेपनि अझै २१ दिन ती बालिका चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने डाक्टर उमा शंकरले बताएका छन् । दुई छोरीलाई सकुशल जन्माए लगत्तै जुम्ल्याह बच्चाको जन्मदिने बृद्ध महिलाको वल्र्ड रेकडमा यरामतीको नाम गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ । यसअघि यो रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा थियो । जसले ६६ वर्षमा जुम्ल्याह बच्चालाई जन्म दिएको बिबिसीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार