सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • देवरको मुङ्ग्रो प्रहारबाट २१ वर्षीया शर्मिला घाइते
समाज

देवरको मुङ्ग्रो प्रहारबाट २१ वर्षीया शर्मिला घाइते

भद्रपुर, २० भदौः झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै